आगामी आर्थिक वर्षको बजेट उत्पादनमुलुक क्षेत्रमा प्राथमिकता दिन आवश्यक: अध्यक्ष कुँवर

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले आगामी आर्थिक वर्षको बजेट उत्पादन मुलुक क्षेत्रमा प्राथमिकता दिएर ल्याउनु पर्ने बताएका छन । उत्पादन, रोजगारी मुलुक उद्योगमा समेत बजेट केन्द्रित बनाउनु अहिलेको आवश्यकता भएको उनको भनाइ छ । अध्यक्ष कुँवरले सरकारले जेठ १५ गते संसदमा प्रश्तुत गर्ने बजेट उत्पादन मुलक क्षेत्रमा प्राथमिकता भएर ल्याउनुपर्ने बताए । 
अध्यक्ष कुँवरले संयुक्त ट्रेड युनियनको तर्फबाट भन्दा रोजगारी मुलुक क्षेत्रमा बजेटको प्राथमिकता हुनुपर्ने माग रहेको बताए । मुलुकमा सामाजिक सुरक्षामा दायित्व बढदै गएको भन्दै त्यसले दिगो विकासमा प्रश्नचिन्ह खडा भएको उनको भनाइ छ । अध्यक्ष कुँवरले सामाजिक सुरक्षामा योगदानमा आधारित सामाजिक सुरक्षालाई विकल्प बनाउने गरी बजेट आउनुपर्ने बताए । योगदानमा आधारित सामाजिक सुरक्षालाई प्रभावकारी रुपमा लागू गरी श्रम बजारलाई द्वन्द्व रहित बनाउने बजेट ल्याउन सुझाव दिए ।

प्रतिक्रिया