एक -अर्काको काण्ड सेटिङ मिलाउन बालुवाटारमा छलफल जारी छ: ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले एकले -अर्कालाई बचाउन र एक -अर्काको काण्ड सेटिङ  मिलाउन बालुवाटारमा शिर्ष नेताहरूको छलफल जारी रहेको बताएका छन् । 
सामाजिक सञ्जालमा भनाई पोष्ट राख्दै शाहीले एउटा काण्डमा चुप लगाएर अर्को काण्डको मुद्धा नलाउने छलफलको सेटिङ बालुवाटारमा चलिरहेको बताएका छन् । 

उनले सहकारीमा काण्ड चुप भएपछी टीकापुर जग्गा काण्डमा मुद्दा नचलाउने, पासपोर्ट कान्डमा चुप भएपछी टेराम्याक्समा काण्डमा मुद्दा नचलाउने, गिरि -बन्धुमा कान्डमा चुप भएपछि वाइडबडिमा काण्डमा मुद्दा नचलाउने, क्याट्न्मेट घोटालामा चुप भएपछि  नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा नचलाउने बिषयमा छलफल भैरहेको कठै बरा सेटिङमा चलेको देश ? भनेर प्रश्न गरेका छन् । 

सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको कार्यादेश (टीओआर) टुङ्ग्याउने विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबिच प्रधानमन्त्रीको निवास बालुवाटामा निरन्तर छलफल चल्दै आइरहेको सन्दर्भमा  सचेतक शाहीले उक्त आशयको भनाई राखेका हुन् । 

प्रतिक्रिया