सरकारले कानूनकोकपटपूर्ण प्रयोग गरेर जनताको आवाज थुन्ने काम ग¥योः सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले कानूनको कपटपूर्ण प्रयोग गरेर जनताको आवाज थुन्ने काम गरेको आरोप लगाएका छन । आज काठमाडौंमा गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले आफुविरुद्धको सहकारी ठगीको आरोप प्रमाणित हुने डरले गृहमन्त्री रवि लामिछाने संसदीय छानविनका लागि तयार नभएको बताएका हुन । नेता सिटौलाले गृहमन्त्रीले संसदीय छानबिन समिति बनाउन मार्ग प्रशस्त गर्नुपर्नेमा बनाउनु नै हुँदैन भन्ने अठोट लिएर हिँडिरहनुले पनि आरोप प्रमाणित हुने बताए । 
नेता सिटौलाले नेपाली काँग्रेस व्यक्तिगत रुपमा कुनै पूर्वाग्रह राखेर अघि नबढ्ने पनि दाबी  गरे । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई दुराशय ढंगले पक्राउ गरिएको उनको भनाइ छ । अदालतको प्रक्रियाबाट पक्राउ पुर्जी आयो, अदालतले छोडिहाल्ला भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ रहेको भन्दै हल्का जवाफ नदिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि नेता सिटौलाले आग्रह गरे । उनले संविधानमा उल्लेख गरिएका नागरिक हकहरु कार्यान्वयन भए वा भएनन् भन्नेबारेमा सबैले समीक्षा गर्न आवश्यकता औल्याए । संविधानको कार्यान्वयन जनताको हीतमा कति भयो ? भनेर समीक्षा गर्न जरुरी रहेको नेता सिटौलाको भनाइ छ । राजनीतिक दलहरुले सत्ता टिकाउन मेहनत र गिराउनका लागि मात्रै षड्यन्त्र गरिरहनु नहुनेपनि उनले स्पष्ट पारे । 

प्रतिक्रिया