सिरोहियालाई अदालतमा उपस्थित गराइदै, तेस्रो पटक म्याद थपको तयारी

नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरिँदै छ ।दोस्रो पटक गत शुक्रबार थप गरिएको तीन दिनको म्याद आज सकिने भएकाले तेस्रो पटक धनुषा जिल्ला अदालतमा पेश गर्न लागिएको हो । नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा रास्वपाका मधेश प्रदेश सदस्य इन्द्रजित प्रसाद महतोले दिएको जाहेरीको आधारमा सिरोहिया एक सातादेखि धनुषा प्रहरीको हिरासतमा छन् ।  अघिल्लो मंगलबार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट पक्राउ गरी बुधबार बिहान जनकपुर लगिएको हो । बुधबार अदालतमा उपस्थित गराइएका उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो । शुक्रबार पुनः तीन तीनको म्याद थपिएको थियो ।स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई गत शुक्रबार जनकपुरको काव्या अस्पतालमा भर्ना भएका छन । उनी अहिलेपनि प्रहरी निगरानीमा अस्पतालमा रहेका छन । अदालतमा पेश गर्नुअघि सिरोहियाको स्वास्थ्य अवस्था सुधार भएको वा नभएको भन्ने विषयमा चिकित्सकसँग बुझ्ने बताइएको छ । स्वास्थ्य अवस्था जटिल भए भिडियो कन्फरेन्स मार्फत जिल्ला सरकारी वकिलको कार्यालयसँग छलफल गरी अदालतमा म्याद थपको लागि सिफारिस गरिने बताइएको छ ।।
 

प्रतिक्रिया