शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमण, कम्तिमा पचास जनाको मृत्यु

इजरायलको आक्रमणमा परी गाजाको रफाह नजिकैको शरणार्थी शिविरमा ५० जनाको मृत्यु भएको छ । ज्यान गुमाउने अधिकांश महिला र बालबालिका छन् । कैयौँ घाइते भएका छन् । इजरायल डिफेन्स फोर्स आईडीएफले सो क्षेत्रमा हमासको कम्पाउण्डलाई लक्ष्य गरी हवाइ आक्रमण गरेको जनाएको छ । अघिल्लो दिन हमासले रफाहबाट तेल अबिवतर्फ आठ रकेट प्रहार गरेको थियो ।  जनवरीपछि पहिलो पहल राजधानी शहरमा पहिलो लामो दूरीको आक्रमण भएपछि इजरायलले शरणार्थी शिविरलाई निशाना बनाएको हो । हमासले इजरायली हवाइ हमलाले विस्थापित प्यालेस्टिनीका लागि रफाहको उत्तर–पश्चिममा रहेको शिविरमा आक्रमण गरेको बताएको छ । संयुक्त राष्ट्रसंघका अनुसार हाल सम्म रफाहबाट ८ लाखभन्दा बढी प्यालेस्टिनी विस्थापित भएका छन् । अक्टोबर ७ यता भएको इजरायलको एक हजार २०० व्यक्तिको मृत्यु भएको छ भने २ सय ५२ जनालाई गाजामा बन्धक बनाएर फिर्ता गरेको छ । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयताका युद्धमा करिब ३६ हजार प्यालेस्टिनी मारिएका छन् । 
 

प्रतिक्रिया