चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुन्छ: अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताएका छन । आज प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रश्तुत गर्दै उनले उत्पादनमुलक उद्योगको गतिविधि सङ्कुचित भएपनि कृषि लगायत क्षेत्रमा भएको बढ्दो गतिविधिले आर्थिक वृद्धिदर ३.९ प्रतिशतले हुने अनुमान रहेको उल्लेख गरेका हुन । अर्थमन्त्री पुनले चालु आर्थिक वर्षमा कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान रहेको समेत जानकारी दिए ।
अर्थमन्त्री पुनले प्रतिव्यक्ति आम्दानी बढेर १ हजार ४५६ अमेरिकी डलर पुग्ने अनुमान रहेको बताए । प्रदेशगत रुपमा गण्डकी,वागमती,लुम्बीनी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औषत भन्दा माथि रहने अनुमान उनले प्रस्तुत गरे । चालु आर्थिक वर्षको फागुणसम्म औषत उपभोक्ता मूल्यवृद्धि ६.८० प्रतिशत रहने आर्थिक सर्भेक्षणले देखाएको छ। राजश्व परिचालनमा क्रमसः सुधार हुँदै गएको भन्दै चालु आर्थिक वर्षको फागुणसम्म संघीय सरकारको राजश्व संकलन ९.७ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड पुगेको मन्त्री पुनको भनाइ छ ।
अर्थमन्त्री पुनले चालु आर्थिक वर्षको फागुणसम्ममा संघीय खर्च २.९ प्रतिशतले वृद्धि भइ ८ खर्ब १ अर्ब ५८ करोड पुगेको बताए । आर्थिक वर्षको फागुनसम्म कुल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको उनले जानकारी दिए । कुल ऋणमध्य आन्तरिक ऋण ४९.६ प्रतिशत र वाह्य ऋण ५०.४ प्रतिशतले रहेको पनि मन्त्री पुनले बताए । आर्थिक वर्ष २०७९÷०८०मा प्रदेश र स्थानीय तहले संघबाट भएको वित्तीय हस्तानतरणमार्फत ३ खर्ब ९७ अर्ब २६ करोड र राजश्व बाँडफाँडबाट १ खर्ब २० अर्ब २६ करोड गरी ५ खर्ब १७ अर्ब ६२ करोड प्राप्त गरेको मन्त्री पुनले जानकारी दिए ।
![काठमाडौं–तराई/मधेस द्रुतमार्गको समस्या समाधानमा प्रधानमन्त्रीको चासो](https://snowberry.prixacdn.net/media/gallery_folder/202502051742-ed23e1f6-e112-4d92-84a1-772a602488e6_medium_t0xKwExeAK_ymokqbcp87ry4u9tddovgdyep7lfaaxud4jo0cdusd0bmc3cemuywh2j4xlu_nL5xX8ZmLm_mpoiihuqnqvplttoavq4utwywbneayeqlpuyirxfjtsxt18qt9hpnhyjbjce.jpeg)
काठमाडौं–तराई/मधेस द्रुतमार्गको समस्या समाधानमा प्रधानमन्त्रीको चासो
अधिराजकुमारी सोफीद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन
रतनका ३२ वर्षिय मित्र कसरी बने टाटा मोटर्सको महाप्रवन्धक ?
गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीक…
‘राजस्व चुहावट नियन्त्रणका लागि अन्तरनिकायबीच थप समन्वय आवश्यक छ’
बुधबार नेप्सेमा सामान्य अङ्कको गिरावट
![रविको बयान सकियो,थुनछेक बहस हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/rabi_isqQRiMnxi_wkplstvwgzovxbc5e7xyqutmoc6bvtwzmmbkmayvaavsw8wrn7ctgpdxv6m3_cTlRczFBUz_lcx0garauiuhbu1ln9lhp80srrzm0meul8o7lsrxmhembrpxsjk2xn1bg7jh_b7tSGmpfvM_2j8jmzgegytiqbsqg8il5nunnjy3cygg0btql0hicqwubggtxdrbuxq2vh0y_UPicrr08ph_wvt6ew3n5a8ddaubcwylidt8lslh3uudpeyioe1focj6nksykyodsyuqtbjk.png)
रविको बयान सकियो,थुनछेक बहस हुँदै
![महिला क्रिकेटः नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित](https://snowberry.prixacdn.net/media/gallery_folder/476593630_1058691609620552_3406358897517486904_n_VYsWUU6avG_x4l6bbnpcm7rbwgcekiabtszihgs2izs3zijlzbans1rl9o5usbfc3spnzf3_SAYJzFJGt8_g3l8mps7yncrdjbaohpokmox3wvv91wcark2ebihwt6qyxsaue9m2xgzkinl.jpg)
प्रतिक्रिया