नीति तथा कार्यक्रम निराशालाई चिर्ने र आशा जगाउने गरी आएको छ: विष्णु पौडेल

पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारको नीति तथा कार्यक्रम आम नागरिकहरूमा विकसित भएको निराशालाई चिर्ने र आशा जगाउने गरी आएको जिकिर गरेका छन् । आज नीति तथा कार्यक्रममाथिको छलफलमा आइतबार दलगत प्रतिनिधि गर्दै अर्थमन्त्री पौडेलले समग्रमा सरकारले उत्कृष्ट र वर्तमान आर्थिक स्थितिलाई सम्बोधन गर्ने गरी आएको उनले बताएका हुन ।  पूर्वअर्थमन्त्री पौडेलले नीति तथा कार्यक्रमले मुलुकको वर्तमान आर्थिक दृश्यलाई मनन गरेको र १६औँ पञ्चवर्षीय योजनालाई आत्मसात् गर्न खोजेको जिकिर गरे । 
पूर्व अर्थमन्त्री जनार्दन शर्माले सरकारको नीति तथा कार्यक्रम कुनै राजनीतिक पार्टी विशेष नभएर समग्र मुलुकको हितका लागि ध्यानमा राखेर आम सर्वसाधारणको जीवन प्रणाली फेर्नेगरी राष्ट्रिय मुद्दालाई केन्द्रमा राखेर आएको तर्क गरेका छन् । 
राष्ट्रिय स्वतन्त्र पार्टीका संसद् डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको नीति तथा कार्यक्रम आर्थिक सुधार र खर्चको बेमेल मिलाउने गरी ल्याएको बताए । 
सम्बोधनका क्रममा रोस्टममा पुगेपछि बिपी कोइरालाले स्थापित गरेको मानकलाई आज लज्जास्पद र औचित्यहीन अवस्थामा पु¥याइएको बताएपछि कांग्रेस सांसदहरुले होहल्ला गरेका थिए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगलाई जोगाएर सरकारले लोकतन्त्रमाथि आक्रमण गरेको बताए । 
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले न्यायपालिका, संवैधानिक आयोग, सेना र प्रहरीको नेतृत्व सम्बन्धित क्षेत्रबाट निर्वाचन गराई छनौट गर्नुपर्ने बताए ।
नीति तथा कार्यक्रममाथि संशोधन राख्दै सांसद सुवालले न्यायपालिका, संवैधानिक आयोग, सेना र प्रहरीको नेतृत्व सम्बन्धित क्षेत्रबाट निर्वाचन गराई छनौट गर्नुपर्ने बताएका हुन ।

प्रतिक्रिया