बजेट वक्तव्य आउनु अघिसम्म संसदीय छानविन समिति बनाउन समझदारी हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट वक्तव्य आउनु अघिसम्ममा संसदीय छानविन समिति बनाउन समझदारीमा पुगिने बताएका छन । आज प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले बजेट वक्तव्य आउनु अघिसम्म संसदीय छानविन समिति गठनको लागि सहमतीमा पुगिने जानकारी दिएका हुन । प्रधानमन्त्री दाहालले आफूले संसदमा भइरहेको गतिरोध अन्त्यका लागि निरन्तर प्रयास गरिरहेको पनि बताए । 
प्रधानमन्त्री दाहालले बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गरेमा बेलुकासम्ममा नै समझदारी हुनसक्ने बताए । संसदीय समिति गठनमा सहमति भइसकेको उल्लेख गर्दै कार्यबिधिमा पनि सहमतीको नजिकै पुगेको जानकारी समेत उनले दिए । 

प्रतिक्रिया