गृहमन्त्रीज्यू मुटू छ कि छैन ? सोधपुछ गर्न पनि किन डराएको ? ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न गृहमन्त्री डराएको बताएका छन्। 

आइतबार बसेको प्रतिनिधिसभा बैठकको सभामुखले दिएको समयमा बोल्दै शाहीले हिजोका दिनमा गृहमन्त्री रवि लामिछानेले विवादित नाम आउँदा छानबिनका लागि गृहमन्त्रीको मुटु छ कि छैन भन्दै प्रश्न गरेको स्मरण गराए । उनले गरिब जनताले बचत गरेको सहकारीको रकम अपचलन गरेको बताउँदै छानबिन गर्न दिन गृहमन्त्रीलाई आग्रह गरे । 
ुतीन महिनाअघि हरेकको नाम आएको छ। छानबिन गरौं भन्नुभएको थियो। गृह मन्त्रीज्यूको त्यही शब्द फिर्ता पठाउँदै भन्छु । मुटू छ कि छैन रु डराएको होरु खुट्टा कमाएको हो रु सोधपुछ गर्न पनि किन डराएकोरु,ु उनले भने। 

शाहीले छानबिन समिति बन्दैमा गृहमन्त्रीले डराउनुपर्ने अवस्था नरहेको पनि शाहीले बताए।  

'दोषी भए कारबाही होला निर्दोष भए फेरि यही संसदमा आउनुहोला,' उनले भने। 

तर मकै पोलेर र  साग बेचेर बचत गरेको पैसा अपचलन भएकाले छानबिनका लागि संसदीय समिति आवश्यक रहेको उनले दोहोर्‍याए। 

संसद् संसद् जस्तो नभएको बताउँदै  सत्ता तर्फको कुर्सीमा बस्दा र विपक्षीको कुर्सीमा बस्दा चरित्र फरक हुने गरेको बताए । 

प्रतिक्रिया