प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाविच भेटवार्ता

सहमतिको प्रयासस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवाविच भेटवार्ता भएको छ । संसदको जारी गतिरोध अन्त्यको प्रयासस्वरुप प्रधानमन्त्री दाहाल देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् । देउवा केही दिन यता अस्वस्थ्य रहेकाले घरमै आराम गरेर बसेका छन् ।दुई शीर्ष नेताबीच जारी भेटमा संसद्को गतिरोध अन्त्यको उपायका बारेमा छलफल भइरहेको सभापति देउवाको सचिवालयले जनाएको छ । सहकारीको रकम अपचलनको छानबिनका लागि गठन गर्ने कार्यदलको कार्यादेशसहित सदनको गतिरोध अन्त्यका विषयमा छलफल भइरहेको बताइएको छ । सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । 

प्रतिक्रिया