कांग्रेसले आज सहकारी ठगीविरुद्ध सडक प्रदर्शन गर्दै

काठमाडौंको प्रदर्शनीमार्गमा दिउँसो आमसभाको तयारी

सहमतिका लागि निरन्तर संवादमा रहेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज सहकारी ठगीविरुद्ध सडक प्रदर्शन गर्दै छ ।कांग्रेसले काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ वटा निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्न लागेको हो विभिन्न क्षेत्रबाट आएका प्रदर्शनकारी दिउँसो १ बजे प्रदर्शनीमार्ग भृकुटीमण्डपमा आइपुग्ने कांग्रेसले जनाएको छ । सहकारीको बचत अपचलन तथा ठगीविरुद्ध कांग्रेसले सडक आन्दोलन गर्न लागेको हो । कांग्रेसले सहकारी बचतकर्ताको रकम फिर्ता दिनुपर्ने, गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्नेसहितका माग अघि सारेको छ । कांग्रेसले फागुनदेखि संसदमासमेत सहकारीको विषय उठाएर छानबिनको माग गर्दै आएको छ । सरकार भने कांग्रेसको माग दबाउँदै जतिसक्यो बढी नेपाली सहकारी पीडितलाई अझ बढी पीडामा पार्ने योजनामा लागेको कांग्रेसको बुझाइ छ । कांग्रेसले ३१ हजार ३७३ सहकारीमा आबद्ध ७३ लाख ८१ हजार सर्वसाधारणको धेरै बचत यसरी सहकारीका सीमित सञ्चालक र निजी कम्पनीहरूले संगठित रूपमा अपचलन, ठगी र दुरुपयोग गरेको जनाएको छ । विभिन्न सहकारीबाट झन्डै पाँच खर्ब रुपैयाँ अपचलन भएको कांग्रेसको ठहर छ ।

प्रतिक्रिया