गुजराजको मनोरञ्जन पार्कमा आगलागी हुँदा २७ जनाको मृत्यु

भारतको गुजरातमा एउटा मनोरञ्जन पार्कमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ ।  पाँच किलोमिटर परसम्म धुवाँ फैलिएको भीषण आगलागीमा परेर ज्यान गुमाउनेहरूमा बालबालिकासमेत रहेका छन । शनिबार दिउँसो ४ बजेतिर राजकोटको मावारोडस्थित टीआरपी गेम जोनमा आगो लागेको हो । अझै केहीको मृत्यु भएको र शव निकाल्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार आगो निभाउने काम सकेर खोजी तथा राहत वितरणको काम भइरहेको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आगलागी गुजरातको राजकोट जिल्लाको गो–कार्टिङ, बलिङ र अरू साहसिक खेलजस्ता मनोरञ्जन गतिविधिहरूको हब ’टीआरपी गेमिङ जोन’ मा भएको गुजरात प्रहरीले जनाएको छ । । गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले घाइतेकोहरूको उपचारमा प्राथमिकता दिन अधिकारीहरूलाई निर्देशन दिएका छन् । उनले मृतकका परिवारलाई ४ लाख रुपैयाँ र घाइतेलाई तत्काल ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई चार लाख रुपैयाँ राहत र घाइतेको उपचारमा ५० हजार भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन । 
 

प्रतिक्रिया