१७ औं संस्करणको आइपीएल क्रिकेटको फाइनल आज

उपाधिका लागि कोलकोत्ता र हैदरावाद आमने सामने हुने

१७ औं संस्करणको इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको उपाधिका लागि आज दुई टिमबीच भिडन्त हुँदैछ । आजको फाइनल खेलमा २ पटकको उपाधि विजेता कोलकोत्ता नाइट राइडर्स र एकपटकको विजेता सनराइजर्स हैदरावाद आमने सामने हुनेछन् । फाइनल खेल चेन्नईस्थित एमए चिदम्बरम् क्रिकेट स्टेडियममा राती पौने आठ बजे सुरु हुनेछ । कोलकाता नाइट राइडर्ससँग पहिलो क्वालिफायरमा फराकिलो हारको सामना गरेको पाँच दिनपछि नै हैदराबादसँग फाइनलमा भिडन लागेको हो । हैदराबादले शुक्रवार अन्तिम क्वालिफायरमा राजस्थान रोयल्समाथि ३६ रनको जित निकाल्दै उपाधि भिडन्त तय गरेको हो । दुई पटकको च्याम्पियन कोलकाताले गत मङ्लवार अहमदाबादमा हैदराबादलाई ८ विकेटले हराएको थियो । हैदराबादले एक पटक मात्र आईपीएल जितेको छ । उसले सन् २०१६ मा आईपीएलको उपाधि जितेको थियो । कोलकता आईपीएल क्रिकेटको दुई पटकको विजेता टोली हो । उसले सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । 
 

प्रतिक्रिया