भारतको आम चुनाव अन्तर्गत आज एक केन्द्र शासित प्रदेशसहित आठ राज्यमा मतदान, ५८ सीटका लागि प्रतिष्पर्धा

काठमाडौं । भारतको आम चुनाव अन्तर्गत आज एक केन्द्र शासित प्रदेशसहित आठ राज्यमा मतदान भइरहेको छ । छैटौँ चरणको मतदान अन्तर्गत आज ५८ सीटका लागि मतदान भइरहेको बीबीसीले जनाएको छ । आज दिल्लीका सात, हरियाणाका १०, बिहारका आठ, जम्मु कश्मीरको एक र झारखण्डको चार सिटका लागि मतदान हुँदैछ । यस्तै आजै ओडिशाका ६, उत्तर प्रदेशको १४ र पश्चिम बङ्गालको आठ सिटमा पनि मतदान भइरहेको छ । ओडिशामा भने लोकसभासँगै विधानसभाको ४२ सिटका लागि पनि मतदान भइरहेको छ । सात चरणमा हुने भारतको आम चुनाव अन्तर्गत आज छैटौँ चरणको मतदान भइरहेको हो । अन्तिम तथा सातौँ चरणको मतदान जुन १ मा हुनेछ । जुन १ मा बिहार, हिमाचल, झारखण्ड, ओडिशा, पञ्जाब, उत्तर प्रदेश, पश्चिम बङ्गाल, चण्डीगढ गरेर ८ राज्यका ५७ सिटका लागि मतदान हुनेछ । मतदान सकिएपछि जुन ४ तारिखदेखि सबै क्षेत्रको मतगणना शुरु हुनेछ ।

प्रतिक्रिया