सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। धनुषा जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

नागरिकता सम्बन्धी कसुरमा प्रहरीले सिरोहियालाई गत मंगलबार पक्राउ गरेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई सहितको टोली पुगेर उनलाई कार्यकक्षबाट पक्राउ गरिएको थियो। 

पक्राउ परेका उनलाई त्यसैरात गाडीमा जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा पुर्‍याइएको थियो।

सुरूमा बुधबार अदालतमा पेश गर्दा सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको थियो। उक्त म्याद सकेसँगै शुक्रबार उनलाई पुन: अदालतमा पेश गरिएको हो। 

जसपछि न्यायाधीश ज्ञवालीले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।

प्रतिक्रिया