राष्ट्रपति पौडेल जुन दोस्रो साता जेनेभामा जाने

राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको वार्षिक उत्सवलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा जुन दोस्रो साता जेनेभामा जाने भएका हुन । जेनेभामा आयोजना हुने आइएलओको वार्षिक उत्सवमा उनले जुन १३ मा सम्बोधन गर्ने गरी तयारी भएको छ । आईएलओको वार्षिक उत्सवमा सहभागितापछि पौडेल जर्मनी हुँदै जुन १८ मा स्वदेश फर्किने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलको भ्रमण कार्यक्रम औपचारिक रूपमा स्वीकृत गर्न भने बाँकी रहेको छ । 
 

प्रतिक्रिया