सरकारले देशको आर्थिक विकासमा जोड दिन नसकेको बाबुरामको गुनासो

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकार देशको आर्थिक विकासमा जोड दिन नसकेको गुनासो गरेका छन । बाग्लुङ उद्योग वाणिज्य संघले गरेको अन्र्तक्रिया कार्यक्रममा उनले आर्थिक विकास सुस्त गतिमा रहेको बताएका हुन । अव आउने बजेटमा कुनै परिवर्तन नहुने भन्दै पूर्व प्रधानमन्त्री भट्टराईले नीति तथा कार्यक्रममा प्रस्तुत भएजस्तो ठुलो उपलब्ध नहुने उल्लेख गरे । उनले नेपाल भारत खुला सीमाका कारण उचित लाभ लिन नसकेको पनि बताए ।
राष्ट्रिय गौरवको मध्य–पहाडी लोकमार्ग र गण्डकी करिडोर छिटो पूरा गराउन जोड दिदै पूर्व प्रधानमन्त्री भट्टराईले नेपालमा दुईवटा अतिवाद हावी भएको एउटा नकारात्मक मात्रै देख्ने अर्को सकारात्मक मात्रै देख्ने भएको कारण समस्या आएको स्पष्ट पारे । 

प्रतिक्रिया