सहकारी पीडितको अनिश्चितकालीन अनसन र धर्ना सुरु
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले राजधानीको माइतीघर मण्डलाबाट पुन आन्दोलन थालेको छ । सरकारले पटकपटक गरेको सहमति लागु नगरेको भन्दै भन्दै पीडितहरुले आजवाट काठमाडौं केन्द्रीत प्रदर्शन अघि बढाएका हुन । सरकारसंग अभियानले गरेको लिखित ८ बुँदे सहमति लागु नगरि सरकारले आलताट गरेपछि पीडितले अनिश्चितकालीन अनसन र धर्ना थालेका हुन ।
लाखौं बचतकर्ताले सहकारी जम्मा गरेको बचत रकम सहकारीका संचालकले अपचलन गरेपनि फिर्ता भएको छैन । सरकारले गत चैत्रसम्ममा रकम फिर्ता गर्ने आश्वासन दिएपनि सो अनुसार काम नभएपछि पीडित पुन आन्दोलित भएका हुन ।
सहकारी संस्थामा जम्मा गरेको बचत रकम सहकारीले फिर्ता नगर्दा अहिले आफ्नो दैनिक चलाउन छोराछोरीलाई पाल्न शिक्षा दिन गा¥हो भएको सहकारी पीडितको भनाइ छ । तीन सय वटा भन्दा बढी सहकारी पीडितमहासंघमा आबद्ध भएर १ बर्ष देखि आन्दोलन गर्दै आएका छन । देशभरका ७३ लाख सहकारी बचत कर्ताको अरबौं रुपैया अपचलन गरेर सञ्चालक फरार भएपछि पीडितको विचल्ली भएको छ ।।
प्रतिक्रिया