प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक  १० मिनेटमै स्थगित गरिएको छ। सभामुखले बैठक सुरु भएको घोषणा गरेलगत्तै कांग्रेससहित प्रतिपक्षी दलका सांसदहरूले  अवरोध जारी राखेपछि झण्डै डेढ घण्टा ढिलो गरी सुरु भएको बैठक स्थगित गरिएको हो । 

सभामुखले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि सांसदहरूले विरोध जनाएपछि आज पनि बैठक स्थगित भएको छ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको विषयमा दलहरूबीच सहमति नजुट्दा संसदमा लामो समयदेखि अवरोध जारी छ। नाराबाजीसहित विरोध गर्दै आएका कांग्रेस सांसदहरूले आज भने नाराबाजी नगरी विरोध जनाएका हुन्।प्रतिनिधिसभाको अर्को बैठक जेठ १३ गते आइतबार बिहान ११ बजेलाई बोलाइएको छ।

प्रतिक्रिया