मिटरब्याज पीडितहरुलाई २१ दिन भित्र उजुरी गर्न जाँचबुझ आयोगको आह्वान

अनुचित लेनदेन सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याज पीडितहरुलाई विवरण भर्न आह्वान गरेको छ । आयोगले लेनदेनसम्बन्धी विषयहरुको अवस्थाको विवरण खुल्ने गरि निवेदन संकलन गर्नुपर्ने भएकोले पीडितहरुलाई समस्या समाधानको प्रयोजनका लागि तथ्यांक संकलन सुरु गरेको हो। आयोगले गृह मन्त्रालयको वेबसाइटमा राखिएको फारम भर्न ऋण लिने पीडितलाई आह्वान गरेको हो। फारम डाउनलोड गरेर त्यसलाई प्रिन्ट गरर त्यसमा सोधिएका प्रश्नका विवरणहरु प्रष्ट बुझिने गरि लेख्न आयोगले भनेको छ। आज प्रकाशित सूचना अनुसार २१ दिन भित्र सो फारम जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ । यस्तै, ऋण दिने व्यक्तिलाई पनि सहज निराकरणका लगि फारम भर्ने व्यवस्था गरिएको छ । 
 

प्रतिक्रिया