सिरोहियालाई आज अदालत उपस्थित गराइदै,  बुँदे प्रष्टिकरण सार्वजनिक

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई दोस्रो पटक म्याद थपका लागि आज प्रहरीले धनुषा जिल्ला अदालतमा उपस्थित गराउँदै छ ।जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएका अध्यक्ष सिरोहियालाई ११ बजेपछि अदालत उपस्थित गराउन लागिएको हो । नागरिकतासम्बन्धी विषयमा उजुरी परेपछि प्रहरीले गत मंगलबार सिरोहियालाई काठमाडौंबाट पक्राउ गरी धनुषा लगेको हो ।उनलाई बुधबार अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि तीन दिनको समय पाएको प्रहरीले आज पनि थप म्याद चाहिने भन्दै अदालत जान लागेको हो । धनुषा प्रहरीले हिरोहियामाथि बयान लिने काम चलिरहेको जनाएको छ । यसैविच सिरोहियाले आफ्ना कानुन व्यवसायीमार्फत नागरिकता सम्बन्धी प्रकरणमा प्रस्टीकरण सार्वजनिक गरेका छन । १० बुँदे प्रस्टीकरणमा उनले जाहेरीवाला इन्द्रजीत प्रसाद महतोसँग आफ्नो चिनजान वा रिसइबी केही नभएको प्रस्ट पारेका छन । आफू आबद्ध कम्पनीको प्रबन्धपत्रमा नागरिकताको नम्बर टाइप गर्दा त्रुटि भएको उहाँको भनाइ छ । अध्यक्ष सिरोहियाले आफूले एक भन्दा बाहेक नागरिकता नबनाएको र प्रयोग नगरेको उल्लेख गरेका छन । अध्यक्ष सिरोहियाले राज्यले गर्ने हरेक अनुसन्धानमा सहयोग गर्न आफ्नो पक्ष हरदम तयार रहेको उल्लेख गरेका छन ।  आफूलाई एक पटक पनि पत्र नकाटी सिधै आफू अध्यक्ष रहेको सञ्चारमाध्यमको कार्यालयमा हतियारधारी प्रहरी परिचालन गरेर पक्राउ गरिनु राज्यसत्ताको चरम दुरुपयोग भएको उनको भनाइ छ । 

प्रतिक्रिया