सम्पदाहरु पुरानो शैलीमा निर्माण गर्दा व्यापार व्यवसाय झनै बढ्छ: बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताएका छन । आज काठमाडौंको थायमरुस्थित रत्नकेतु महाबिहार पुनःनिर्माण उद्घाटन कार्यक्रममा उनले साहले काठमाडौं उपत्यकामा सम्पदाहरुको पुनः निर्माण गर्दा पुरानो शैलीलाई नै महत्व दिएर बनाउनुपर्नेमा जोड दिएका हुन । प्रमुख शाक्यले पुरानो शैलीमा सम्पदाहरुको पुनः निर्माण गर्दा व्यापार व्यवसाय घट्ने नभइ झनै बढेर जाने बताए ।
सभ्यता बढेपछि व्यापार र जीवनशैली बढ्ने भन्दै महानगर प्रमुख साहले महानगरपाकिला भित्रका सम्पदा पुनःनिर्माणका लागि महानगर जहिल्यै सहयोग गर्न तयार रहेको बताए । उनले सम्पदा पुनःनिर्माणका लागि आवश्यक बजेट एकैपटक माग्न पनि वडा अध्यक्षहरुसँग आग्रह गरे । कार्यक्रममा सहभागीहरुले पुरातन शैलीमा विहारको पुर्ननिर्माण भएकोमा खुसी प्रकट गरे । 
विहारको दोस्रो चरणको काममा पनि तिब्रता दिनुपर्ने सहभागीहरुको भनाइ थियो । महानगरले पुर्ननिर्माणका लागि थप बजेट दिने आश्वासन पनि दिएको छ । कार्यक्रममा महाविहार निर्माणमा सहयोग गर्ने जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
 

प्रतिक्रिया