मेक्सिकोमा चुनावी सभाको मञ्च भत्किदा नौ जनाको मृत्यु

चुनावी सभाको लागि बनाइएको एउटा मञ्च भत्किँदा मेक्सिकोमा बालबालिकासहित कम्तिमा नौजनाको मृत्यु भएको छ । साथै सोही घटनामा ५० जना भन्दा बढी घाइते भएका छन् । मेक्सिकोको नर्थन नुभो लिओन राज्यमा आयोजित चुनावी सभाको मञ्च भत्किएको हो । राष्ट्रपतिका दक्षिणपन्थी उमेदवार जर्ज अल्भारेज मायनेजले मन्तव्य दिइरहेको बेला मञ्च ढलेको बताइएको छ । घटनामा मायनेजलाई भने कुनै चोट नलागेको बताइएको छ । दुर्घटनापछि पनि सम्बोधन गर्दै उनले घटनामा आफ्नो पक्षका केही घाइते भएको जनाएका छन् । सो दुर्घटना अचानक आएको हुरी र आँधीका कारण भएको बताईएको छ । 

 

प्रतिक्रिया