महिलाले रातो मच्छिन्द्रनाथको रथ तानेर इतिटोल पु¥याए

ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा आज बिहानै महिलाले मात्र रथ तानेर लगनखेलको इतिटोलमा पु¥याएका छन् । रथयात्राको क्रममा हरेक वर्ष नरिवल खसाल्ने जात्राको भोलिपल्ट बिहान महिलाले मात्र रथ तान्नुपर्ने परम्परा छ । यसलाई याक मिसाया भुज्या भनिन्छ । हिजो रथको टुप्पोबाट नरिवल खसालिएको थियो । यसवर्षको रथयात्रा गएको बैशाख २९ गते शुरु भएको हो । रातो मच्छिन्द्रनाथको कुलेदेवी पूजा आउँदो १७ गते हुने भएको छ । हिजो नरिवल खसाल्ने जात्राको दिन बाराही गुठियार, गुठि संस्थानका प्रतिनिधि सहितको टोलीले कूलदेवीको पूजाको साइत निकालिएको हो । कुलदेवी पूजा चार दिनसम्म हुने गर्दछ । मच्छिन्द्रनाथको कुलदेवी भनेर गाबहालमा रहेको पूर्णचण्डीलाई पुजा गरिन्छ । कुलदेवीको पूजाको दिन अर्थात जेठ १७ गते  नै रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि साइत हेरिनेछ । रथ जावलाखेलमा पु¥याएको चार दिनमा भोटो देखाइनेछ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती तथा मीननाथको रथलाई तानेर टंगल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुनेछ । 
 

प्रतिक्रिया