बेलायतमा प्रधानमन्त्री सुनकद्वारा समय अगावै चुनाव घोषणा

आम निर्वाचन आगामी जुलाई चारमा हुने

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा आमनिर्वाचन हुने घोषणा गरेका छन् । प्रधानमन्त्री सुनकले संसद भंग गर्ने सिफारिस राजाले स्वीकृत गरेको बताउँदै आगामी जुलाई चारमा आमनिर्वाचनको घोषणा गरेका हुन् । अर्को साता संसद विघटन भएपछि  निर्वाचन प्रक्रिया सुरु हुने बेलायती सञ्चारमाध्मयले जनाएका छन । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसदहरुले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेपछि उनले निर्वाचनको घोषणा गरेको बताइएको छ । संसदको पहिलो बैठक बसेको पाँचौं वर्ष पूरा भएपछि मात्र संसद विघटन हुनुपर्ने व्यवस्था छ । यदि तोकिएको प्रक्रिया अपनाएको भए बेलायतमा २८ जनवरी २०२५ अघि चुनाव भइसकेको हुन्थ्यो । तर सत्तारुढ दलमा रहेको विवादका बीचमा सुनक निर्वाचनमा गएका हुन । बेलायतमा आम चुनाव प्रायः बिहीबार हुने गर्दछ । जुलाई ४, २०२४ पनि बिहीबार नै परेको छ । संसद्को औपचारिक अन्त्य भने आउँदो बिहीबारबाट हुनेछ । संसद अन्त्यपछि करिब ५ हप्ता बेलायतमा आम निर्वाचनमा दलहरू होमिनेछन । अहिले विपक्षी लेबर पार्टीले बेलायतमा निर्वाचन जित्ने सर्वेक्षणहरुले देखाएको छ ।  हालै भएको स्थानीय तहको निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टीले पराजय भोगेको थियो । 
 

प्रतिक्रिया