विश्वकप क्रिकेटका लागि पर्याप्त तयारी गरिएको क्यान सचिव खड्काको दाबी
राम्रो परिणाम आउने अपेक्षा
नेपालले १० वर्षको अन्तरालपछि पुनः आईसीसी टि—२० विश्वकप क्रिकेट खेल्दैछ । नेपालले जुन १ देखि वेस्टइण्डिज र अमेरिकामा हुने आइसिसी ट्वान्टी–२० विश्वकपमा सहभागिता जनाउँदैछ । नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का ट्वान्टी–२० विश्वकपको तयारीका लागि क्यानले जति गर्न सक्थ्यो त्यो गरेर नै नेपाली टोली विश्वकप यात्रामा होमिएकाले राम्रो परिणाम आउने अपेक्षा राखेको बताउछन ।
सचिव खड्का एक वर्ष अगाडि नेपाली क्रिकेटलाई अन द फिल्ड हेर्ने हो भने ओडिआई स्ट्याटस बचाउनुपर्ने अवस्थावाट माथि उठेको दाबी गर्छन । विश्वकप अगाडि ४० देखि ५० वटा ट्वान्टी–२० म्याच खेलेर नेपालले राम्रो अभ्यास यो पटक गरेको सचिव खड्काको भनाइ छ ।
प्रतियोगिताका सहभागिताका लागि नेपाली टाली अमेरिका पुगिसकेको छ । नेपालले जुन ४ मा नेदरल्याण्ड्सँग खेल्दै विश्वकपको शुरुवात गर्नेछ ।
प्रतिक्रिया