सिरोहियालाई गिरफ्तार गर्नु निन्दनीय: माधव नेपाल

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु निन्दनीय भएको बताएका छन् । राजविराजमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले अध्यक्ष सिरोहियालाई पक्राउ गरेको कुरा सुनेर आफू अचम्मित भएको बताएका हुन । अध्यक्ष नेपालले राम्रो मिडिया चलाएबापतको दण्ड हो कि ? कुनै बदलाको भावनाले यो भएको हो भन्ने प्रश्न समेत गरे । 
अध्यक्ष नेपालले कैलाश सिरोहिया जनकपुरको बासिन्दा हो भनेर सबैलाई थाहा भएको बताए । सिरोहियालाई नेपालको नागरिक हो कि होइन भन्ने कुरामा गिरफ्तार गर्नु अत्यन्तै निन्दनीय कुरा भएको उनको भनाइ छ । नागरिकतामा त्रुटि भए त्यो सिरोहियाको भन्दा पनि प्रशासनको भएको अध्यक्ष नेपालको टिप्पणी छ । उनले कुनै कुरा बुझ्नका लागि व्यक्तिलाई पक्राउ नै गर्नुपर्छ भन्ने कानुनी व्यवस्था समेत नभएको जिकिर समेत गरे । 

प्रतिक्रिया