भारतको विश्वास जितेर ईपीजीसहितका समस्या हल गर्न सकिन्छ: बाबुराम

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भारतको विश्वास जितेर ईपीजीसहितका समस्या हल गर्न सकिने बताएका छन । नेपालका राजनेतामा दूरदर्शिता नहुँदा छिमेक सम्बन्धदेखि अमेरिकासँगको सम्बन्धमा खतरापूर्ण अवस्थामा पुगेको उनको भनाइ छ । भारतसँगका तमाम सीमा लगायतका समस्या समाधानका लागि आफ्नै पहलमा ईपीजी गठन गरेका नेता बाबुरामले हालै नोटमा नक्शा छाप्ने लगायतका गतिविधिका कारण समस्या समाधानभन्दा विवादउन्मुख बन्ने गरेको टिप्पणी समेत भट्टराईको छ । 
हाम्रा नेताहरु विश्व परिवर्तनको भेउ नपाउने अल्पदृष्टिले ग्रस्त रहेको पूर्व प्रधानमन्त्री भट्टराईको भनाइ छ । पुष्पकमल दाहालमा अति कुर्सीमोह दलगत र गुटगत संकीर्ण चिन्तन देखापरेको समेत उनले बताए । नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराई आफ्ना सहकर्मीहरुबाट धोका मिलिरहे पनि अझै आफ्नो नेतृत्वमा बलियो वैकल्पिक शक्ति बन्ने सम्भावना भने कायमै रहेको बताउछन । 

प्रतिक्रिया