सिरोहियालाई म्याद थपका लागि आज धनुषा अदालत उपस्थित गराइयो

अनुसन्धानका लागि पाँच दिन माग

नागरिकता किर्ते गरेको आरोपमा पक्राउ परेका कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि आज जिल्ला अदालत धनुषामा पेश गरेको छ । प्रहरीले पाँच दिन अनुसन्धानका लागि समय मागेर अदालतमा पेश गरेको हो । अदालतबाट म्याद थपेसँगै उनीमाथि थप अनुसन्धान सुरु हुने प्रहरीले जनाएको छ । उनलाई हिजो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पब्लिकेसन्सको कार्यालयबाटै नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता भएको जाहेरीमा सिरोहियाले दुईवटा फरक नम्बरको नागरिकता प्रयोग गरेको जिकिर गरिएको छ ।सिरोहियाले लिएको मध्येको एउटा नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग म्याच भएको उजुरकर्ताले दाबी गरेका छन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा गत वैशाख १७ गते जाहेरी दर्ता भएको थियो । सिरोहिया पक्राउविरुद्ध सर्वत्र विरोध र आलोचना भइरहदा धनुषा प्रहरीले नागरिकता किर्ते गरेको आरोपमा पक्राउ गर्नु परेको प्रष्टिकरण दिएको छ । 
 

प्रतिक्रिया