कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा एघार बजेपछि सुरु हुने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने छ । कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ । कांग्रेसले सहकारी ठगीविरुद्ध सडक आन्दोलनको समेत तयारी थालेको छ । आजको बैठकमा आन्दोलनको स्वरुपका विषयमा पनि छलफल हुने बताइएको छ । 
 

प्रतिक्रिया