रातो मत्स्येन्द्रनाथ रथयात्रामा आज नरिवल खसाल्ने जात्रा

भोली महिलाहरूले मात्र रथ तान्ने परम्परा

सहकालको देवता मानिने रातो मत्स्येन्द्रनाथको रथको टुप्पोबाट नरिवल खसालेर आज नरिवल जात्रा मनाइँदै छ । ललितपुर महानगरले आज जात्राका अबसरमा बिदा दिएको छ । रथलाई लगनखेलबाट तानेर थती टोलको निश्चित ठाउँमा पु¥याएपछि भोलिपल्ट रथको टुप्पोबाट नरिवल खसाली अभिषेक गर्ने परम्परा छ । रथलाई तानेर थती टोल पु¥याउनुअघि लगनखेलमा न्हवँ मण्डप लगायत ’माजुसिमा’ भनिने खरीको बोटलाई दुईपटक परिक्रमा गराइएको थियो । साथमा मीननाथको रथलाई पनि तानेर थती पु¥याएको थियो । यसअघि लगनखेलमा रथअगाडि तीनवटा राँगा, दुईवटा बोका र माछा बली चढाई महाबलि पूजा गरिएको थियो । हाँसको फुल चौंसट्ठी वटा चढाएर भूत, प्रेत आदिको पूजा गरी भूत पन्छाइएको थियो । नरिवल खसालेको भोलिपल्ट बिहीबार  बिहान सबेरै ’याकःमिसा भूजया’ भनी महिलाहरूले मात्र रथलाई तानेर त्यहाँबाट अलिपर थतीको चौबाटोमा पु¥याउने गर्दछन । नरिवल खसाल्ने दिनमा नै मत्स्येन्द्रनाथको देवालीको दिन पनि तोकिन्छ । तोकिएको दिन कुलदेवता पूर्णचण्डी मन्दिरमा मत्स्येन्द्रनाथसहित बराहीहरूको देवाली पूजाको आयोजना गरिन्छ । त्यसै दिन मंगलबजारको मणिमण्डपमा चार दिशाको चार थाममा चार जोशी बसेर रथलाई जावलाखेलतर्फ रथ तान्ने साइत हेरिन्छ र साइत नजुरेसम्म रथलाई त्यसै ठाउँमा विश्राम गराइन्छ । साइत जुरेको दिन रथलाई तानेर जावलाखेल पु¥याइन्छ र त्यसको चार दिनपछि भोटोजात्रा हुन्छ । भोटोजात्रा सकिएपछि मत्स्येन्द्रनाथलाई खटमा राखी बाजागाजासाथ बुङमतीस्थित उनकै मन्दिरमा पु¥याइनेछ । यो बर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख २९ गतेदेखि सुरू भएको थियो । रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवता भनेर मानिन्छ । यस्तै, अन्नका देवता, सहकालका देवता , लोकेश्वर लगायतका नामले रातो मच्छिन्द्रनाथ प्रख्यात छन् ।। 
 

प्रतिक्रिया