नारायणकाजीको सम्पत्ति : प्रचण्डले दिएको गाडी र खातामा १ लाख २२ हजार

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति विवरण पनि सार्वजनिक भएको छ।  गत जेठ ३ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।  
 मन्त्री श्रेष्ठले बैंक खातामा एक लाख २२ हजार ९ सय १८ रुपैयाँ ६४ पैसा रहेको र सो रकम सेवा सुविधाबाट प्राप्त भएको उल्लेख गरिएको छ ।

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ मा पैत्रिक जग्गा ३७ रोपनीभन्दा बढी रहेको र त्यो पनि २०५८ सालमा पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरिएको श्रेष्ठले उल्लेख गरेका छन्। उक्त जग्गा पार्टीलाई दिने प्रक्रियामै रहेको उनको भनाइ छ।

उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले उपलब्ध गराएको गाडी प्रयोग गर्ने गरेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। उक्त गाडीको खरिद मूल्य र खरिद मिति आफूलाई थाहा नभएको उनको भनाइ छ।

प्रतिक्रिया