गैडाको खागको तस्करी अभियोगमा ६ जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जले गैडाको खागको तस्करी अभियोगमा ६ जनालाई पक्राउ गरेको छ । गत चैत २७ गते चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको विशेष टोली र श्री नयाँ गोरख गणको संयुक्त टोलीले संरक्षित वन्यजन्तु एकसिंगे गैंडाको खाग खरिद तथा विक्री भईरहेको विशेष सूचनाको आधारमा संरक्षित वन्यजन्तु एकसिंगे गैंडाको खाग खरिद तथा विक्री गर्न लागिरहेको अवसथामा ति व्यक्तिहरु पक्राऊ परेको निकुन्ज कार्यालयले जनाएको छ।पकऊ पर्नेमा नवलपुर कावासोतीका छविलाल परियार, प्रकाश घिमिरे, लेखनाथ सुनार, क्रान्ती खड्का, बुलिङटारे खिम बहादुर बराल र बझाङ छविसपाथिभराका प्रकाश राज जोशी समेत ६ जना रहेका छन । सो एक सिंगे गैंडाको खाग थान १ अनुसन्धानबाट २०७२ साल चैत्र महिना तिर चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गतको गुन्द्रेढाकाहा मध्यवर्ती सामुदायिक वनमा जिल्ला नवलपुरका छविलाल परियार र भैरव थापा घाँस दाउरा गर्न भनि गएको बखत उक्त वन क्षेत्रमा एक सिंगे गैंडा मरी सडिगलेको अवस्थामा रहेको र उक्त मृत गैंडाको खाग २ जना मिलि चोरी गरी लगेको भनी खुल्न आएको निकुन्जले जनाएको छ । अभियोग ठहर भए उनिहरुलाइ ५ देखि १५ बर्ष जेल सजाय हुनेछ ।
प्रतिक्रिया