जसपा फुटविरुद्धको रिटको पेसी आज

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटविरुद्धको रिटको पेसी आजलाई तोकिएको छ । जेठ २ गते उक्त रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । न्यायाधीश विनोद शर्माको इजलासले निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश जारी गरेको थियो । सर्वोच्चले आयोगलाई निर्णयसहित उपस्थित हुन आदेश जारी गर्दै आजका लागि पेसी तोकेको थियो । उपेन्द्रले राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को विपरीत दल दर्ता भएको भन्दै आयोग, जसपा नेपाल विभाजन भएर बनेको जनता समाजवादी पार्टी, सो पार्टीका अध्यक्ष अशोक राईलगायत अन्य ७ जना सांसदलाई विपक्षी बनाइ रिट दायर गरेका थिए । उनीहरुलाई सांसद पदबाट निलम्बन गर्न र मुद्दा अन्तिम टुङ्गो नलागेसम्म संघीय सांसदको हैसियतमा कुनै काम नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरिपाऊ भनी माग गरेका थिए । उपेन्द्रले माग गरेको अन्तरिम आदेशको सम्बन्धमा आयोगसँग छलफल गरी निश्कर्षमा पुग्न मानसिव देखिएको भन्दै दुवै पक्षलाई छलफलमा बोलाएको हो । 
 

प्रतिक्रिया