बेलायत र नेपालबिच व्यापार वृद्धिुका साथ लगानी पनि बढ्ने प्रधानमन्त्री सुनाकको विश्वास

बेलायतका प्रधानमन्त्री ऋषि सुनाकले आगामी बर्षहरूमा बेलायत र नेपालबिच व्यापार वृद्धि हुनुका साथै निजी लगानी पनि बढ्ने विश्वास व्यक्त गरेका छन । नेपाल र बेलायतबिच सन् १९२३ मा सम्पन्न मैत्री सम्धी हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा लन्डनस्थित बेलायतको प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा नेपाली समुदायलाई सम्बोधनका क्रममा प्रधानमन्त्री सुनाकले बेलायत र नेपालबिच विगतदेखि नै सहकार्य रहँदै आएको चर्चा गर्दै व्यापार, लगानीजस्ता आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य हुने पनि जानकारी दिएका हुन ।  उनले नेपालले विकास र प्रगतिका लागि गरिरहेको प्रयासमा सघाउन बेलायत सरकारले हालै ४० करोड पाउन्ड सहयोग गरेको जनाउँदै आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता जनाए । बेलायतकी परराष्ट्र राज्यमन्त्री आन मारी ट्रेवल्यानले बेलायतले नेपालको विकासका मुद्दामा विगत झैँ निरन्तर सहयोग जारी राख्ने बताइन । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले मैत्री सन्धिपश्चात् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुगेको उल्लेख गरे ।
 

प्रतिक्रिया