प्रधानमन्त्रीलाई काँग्रेसको जवाफः तपाईंलाई जंगलबाट राजनीतिमा ल्याएको बिर्सिनुभयो ?

धम्की दिएर नतर्साउन प्रधानमन्त्रीलाई चेतावनी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदलाई ब्यारेकजस्तो बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ले विश्वास मत लिएको आरोप लगाएको छ ।संसद भवन परिसरमा आज पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सभामुख देवराज घिमिरेले प्रतिपक्षीलाई बोल्नसमेत नदिएको आरोप लगाएका हुन । संसदलाई ब्यारेकजस्तो बनाउने, सभामुखले प्रतिपक्षलाई बोल्न नदिने कार्यले सरकार र सत्ता पक्ष निरंकुशतातर्फ जाँदैछ भन्ने कुरा स्थापित भएको उनको भनाइ छ । 
कांग्रेसले प्रधानमन्त्री दाहाललाई धम्की दिएर तर्साउने नखोज्न चेतावनी समेत दिएको छ । माओवादीलाई जंगलबाट संसदमा ल्याउने काम काँग्रेसले गरेको भन्दै सचेतक लेखकले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति नदिन प्रधानमन्त्रीलाई सचेत गराए । 
काँग्रेसले काँग्रेस नेताहरुमाथि उपप्रधान एवं गृहमन्त्री  लामिछानेले लगाउनुभएको आरोपको पुष्टि गरेर देखाउन चुनौति दिएको छ । सरकारले राज्यका छानबिन गर्नुपर्ने, अनुसन्धान र अभियोजन गर्नुपर्ने अंगहरुलाई, संयन्त्रलाई सहकारीका ठग जोगाउन दुरुपयोग आरोप समेत उसको छ । सरकारको काम प्रश्न सोध्ने नभइ काम गर्ने भएको कांग्रेसको प्रतिक्रिया छ । 
 

प्रतिक्रिया