रातो मन्छिन्द्रनाथको रथयात्रा अन्र्तगत आज पञ्चबली पुजा हुँदै

रातो मन्छिन्द्रनाथको रथयात्रा अन्र्तगत आज बेलुकी पञ्चबली पुजा हुँदैछ । आईतबार टंगालवाट तानेर लगनखेल पु¥याएको रथमा आज पञ्चवली पुजा हुन लागेको हो । हरेक वर्ष रातो मन्छिन्द्रनाथको रथलाई लगनखेलमा पु¥याएपछि महाबली पूजा गरिन्छ । रथलाई आज र भोलि लगनखेलमा राखिन्छ । पर्सि नरिवल खसाल्ने जात्रा हुनेछ । नरिवल खसाल्ने जात्रापछि शुभ साइत निकालेर रथ जावलाखेलमा पु¥याइन्छ । जावलाखेलमा राष्ट्र प्रमुखलगायत विशिष्ठ व्यक्तिहरुसामु भोटो देखाएपछि यस वर्षको रथयात्रा सकिन्छ । भोटोे देखाएपछि मच्छिन्द्रनाथलाई त्यसै दिन खटमा राखेर बुङमति लैजाने चलन छ । जेठ २ गते सुन्धारादेखि लगनखेलसम्मको रथयात्रा शुरु भएको हो । विचमा रथमा समस्या आएपछि तान्न रोकिएको थियो । पाँच गतेदेखि रथयात्रा फेरि शुरु भएकोमा हिजो लगनखेल पु¥याइएको हो । 

प्रतिक्रिया