दाहाल नेतृत्वको वर्तमान सरकारले पूरै कार्यकाल काम गर्ने विष्णु पौडेलको दाबी

सत्तारुढ प्रमुख घटक नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले पूरै कार्यकाल काम गर्ने दाबी गरेका छन । सोमवार प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री  दाहालले राख्नुभएको विश्वासको मतमाथिको छलफलका भाग लिँदैं उनले प्रधानमन्त्री दाहाललाई अझ दह्रो कदमका साथ अघि बढन पनि आग्रह गरेका हुन । उपाध्यक्ष पौडेलले सिंगो देश र संसदले साथ दिने भएकाले प्रधानमन्त्री दाहालले पछि हट्नुपर्ने कुनै कारण नभएको बताए । 
उपाध्यक्ष पौडेलले मुलुकको विकास र समृद्धिको अभियानलाई तीव्रता दिन पनि सरकार र सत्तारुढ दलहरु प्रतिवद्ध भएर लागि परेको दाबी पनि बताए । 

प्रतिक्रिया