कांग्रेसको अवरोधका बिच विश्वासको मत लिँदै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मतको प्रस्ताव राखेका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसलगायत विपक्षी दलहरूको नाराबाजीबीच प्रधानमन्‍त्री दाहालले विश्वासको मत माग गरेका हुन्।  प्रतिनिधि सभाको सोमबारको बैठक कांग्रेसको नाराबाजी र वेल घेराउबीच १५ मिनेट स्थगित भएको थियो।

दोस्रो बैठकमा प्रधानमन्त्री दाहालले विश्वास मत प्रस्ताव राखेका हुन्। उनले विश्वास मत प्रस्ताव राख्दा कांग्रेससहित विपक्षी दलले सदनमा अवरोध गरेका थिए।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री र विश्वास मत प्रस्तावमा छलफलका लागि भाग लिएकाहरूलाई रोस्टम आउने र जाने वातावरण मिलाउन सहजीकरणका लागि मर्यादापालकहरूलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया