एमाले र रास्पाबीच सहकारी ठगी र गिरिबन्धु टि स्टेट प्रकरण नउठाउने सहमति भएको गगन थापाको दाबी

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकारी ठगी र गिरिबन्धु टि स्टेट प्रकरण नउठाउने गरी सहमति भएको दाबी गरेका छन् । आईतवार पत्रकार सम्मेलन गरी महामन्त्री थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको सहकारी प्रकरण एमालेले नउठाउने र एमालेमाथि लागेको गिरिबन्ध टि स्टेट प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टीले नउठाउने सहमती भएको दाबी गरेका हुन् । उनले गृहमन्त्रीलाई सहकारी प्रकरणमा एमालेले साथ दिने हुनाले धेरै चिन्ता नभएको पनि बताए । 
महामन्त्री थापाले संसदीय समिति बनाएर विगतमा भएका सबै घोटालाको छानविन गर्न आफूहरु तयार रहेको जवाफ पनि गृहमन्त्री लामिछानेलाई दिएका छन् । उनले गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रस्तोताको जस्तो भएको टिप्पणी पनि गरे । उनले गृहमन्त्रीले फाईल खोलिदिउँ भनेर भनेको सुन्दा आफू चकित भएको बताए । 
महामन्त्री थापाले सरकारमा बस्नेले अनुसन्धान गर्छु भन्ने हुनुपर्नेमा गृहमन्त्री लामिछानेले संसदीय समिति विभिन्न विषयमा बनाउनु नहुने भनेर निरिहता प्रदर्शन गरेको जिकिर पनि गरे । उनले सहकारी ठगी प्रकरणमा छानबिन समिति नबनेसम्म संसद् अवरोध जारी राख्ने चेतावनी समेत दिए । 

प्रतिक्रिया