दमौली बजारमा भीषण आगलागी, २० वटा पसल पूर्णरूपमा जले

तनहुँको सदरमुकाम दमौलीस्थित मुख्यचोकका बजारमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२ः४५ बजेदेखि आगलागी भएको हो । आगलागीका कारण यहाँका करिब २० वटा पसल पूर्णरूपमा जलेका छन् । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरूपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकलको सहायताले बिहान पौने चार बजे आसपास आगलागी निभाएको प्रहरीले बताएको छ । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो ।  यहाँ विभिन्न पसल सञ्चालनमा थिए । विद्युत् ‘सट’ हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । 
 

प्रतिक्रिया