पूर्वराजा शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने
राजावादीहरूद्वारा शक्ति प्रदर्शनको तयारी
पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने भएका छन । पूर्वराजा ज्ञानेन्द्रले बंगलामुखी माई, हिरण्यवर्ण महाबिहार र कृष्ण मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम छ । आज अपराह्न ४ बजे बंगलामुखी माईको पूजा अर्चनासँगै उहाँको धार्मिक यात्रा सुरु हुने छ । त्यसलगत्तै साढे ४ बजे हिरण्यवर्ण महाविहारमा पूजा अर्चना गर्ने कार्यक्रम छ ।पूर्वराजा शाह साँझ सवा ५ बजे कृष्ण मन्दिरमा पुग्नुहुने छ । उनले कृष्ण मन्दिरमा पूजा आराधना गरेपछि समय रहेमा कुमारीको समेत दर्शन गर्ने कार्यक्रम छ । पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार ललितपुर भ्रमणमा पुग्दा राजावादीहरूले शक्ति प्रदर्शनको तयारी गरेका छन् । उनको स्वागतका क्रममा राजावादीहरूले मोटरसाइकल ¥यालीसहित शक्ति प्रदशर्नको तयारी गरेका हुन् । दिउँसो ¥याली साढे २ बजे कुपण्डोलस्थित हनुमानस्थान नजिकैबाट सुरु भएर हिमालयन होटेल, पाटन ढोका, चाकुपाट, इमुखेल चिलरेन्ड पार्क हुँदै नाग बहाल, धौगल, माहापाल चोकबाट मंगलबजार चोकमा पुग्नेछ । यस्तै पूर्वराजाको मन्दिर दर्शन सम्पन्न भएपछि पुनः मंगलबजार चोकबाट माहापाल, गाबाहल, पुल्चोक, जावलाखेल वीरेन्द्र सालिक हुँदै पुनः पुल्चोक भएर कुपण्डोलसम्म मोटरसाइकल ¥याली पुग्नेछ । पूर्वराजाको स्वागतका लागि किरण प्रधानको संयोजकत्वमा १००१ एक सवारी व्यवस्थापन मूल समारोह समिति गठन गरिएको छ ।
प्रतिक्रिया