हामीले प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौ: माधव नेपाल

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कुरामा शंका गर्न जरुरी नभएको बताएका छन । आज  पार्टी मुख्यालय आलोकनगरमा सञ्चारकर्मीहरुलाई कुरा गर्दै उनले सरकारमा भएकाले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने स्पष्ट पारेका हुन । मत नदिदा नैतिकताको प्रश्न पनि खडा हुने हुने भन्दै अध्यक्ष नेपालले आफ्नो पार्टीमाथि शंका नगर्न र दुविधा नपाल्न पनि आग्रह गरे । 
अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिन किन्तु परन्तु नहुने स्पष्ट पारे । प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि चौथो पटक संसदमा विश्वासको मत लिँदै छन । अध्यक्ष नेपालले संसदलाई सहज ढंगले अघि बढाउने कुरामा सबै राजनीतिक दलहरुले ध्यान दिनुपर्ने समेत अध्यक्ष नेपलको भनाइ थियो । 
 

प्रतिक्रिया