उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन

नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै आजपनि प्रदर्शन गरेको छ । सहकारी घोटालामा सग्लन रहेको मानिस मन्त्री बनेर बस्न नमिल्ने भन्दै विद्यार्थीहरुले आज माईतीघर मण्डला क्षेत्रमा प्रदर्शन गरेका हुन ।  सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेले राजीनामा दिनपर्ने भन्दै उनीहरुले गृहमन्त्रीविरुद्ध नाराबाजी समेत गरेका छन । संसदमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामिछानेमाथि छानबिन हुनुपर्ने माग राख्दै अवरोध गर्दै आइरहेको छ । सहकारी प्रकरणमा केही समयदेखि नेपाली कांग्रेसका भातृ्र संगठनले सडक आन्दोलन गर्दै आएका छन ।। 
 

प्रतिक्रिया