टीकापुर मालपोत कार्यालयका तत्कालीन प्रमुख रसाइली सहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
जंगलको जग्गा व्यक्तिका नाममा पु¥याएको अभियोगमा टीकापुर मालपोत कार्यालयका तत्कालीन प्रमुख मोहन स्नेही रसाइलीसहित आठ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज रसाइलीसहित आठ जनाविरुद्ध विशेष अदालतमा राज्यलाई गैरकानूनी लाभ तथा हानि पु¥याइ भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको हो । आयोगले उनीहरूमाथि जंगलको १५ बिगा जग्गा व्यक्तिविशेषका नाममा पु¥याएको र अभिलेख नष्ट गरेको अभियोग लगाएको छ । नापी कार्यालयका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्द र सर्वेक्षक दशरथ मण्डल, मालपोतका तत्कालीन नायबसुब्बा अग्निबहादुर शाही, जग्गाधनी बिन्द्रा रावल, कमलबहादुर रावल, सुशीलबहादुर रावल र विमलबहादुर रावलविरुद्ध पनि मुद्दा दायर भएको छ । २०२१ सालको फिल्डबुकमा जंगल रहेको कैलालीको साबिक नारायणपुर–८ मा रहेको २७ बिघा जंगलको जग्गाको कित्ताकाट गरी हक भोगको जग्गा भन्ने बनाइ व्यक्ति विशेषका नाममा स्रेस्ता कायम गरिएको आयोगको दाबी छ । सुरुमा व्यक्तिका नाममा स्रेस्ता पुर्जा कायम गरी हक हस्तान्तरण गरेको र पछि उक्त जग्गाको दर्ता स्रेस्तासम्बन्धी सम्पूर्ण कागजात कार्यालयको अभिलेखबाटै नष्ट गरेको पुष्टि भएको अख्तियारको भनाइ छ । आयोगले उनीहरूविरुद्ध २४ करोड ६ लाख ६९ हजार रुपैयाँ बिगो कायम गरी कानून बमोजिमको कारबाही मागदाबी लिएर मुद्दा दायर गरेको हो ।।
प्रतिक्रिया