विद्यार्थी दिलिसा भण्डारीको रहस्यमय मृत्युको छानविनको माग

विद्यार्थीहरुले बाग्लुङस्थित विद्यामन्दिर माध्यमिक बिद्यालयमा अध्ययनरत विद्यार्थी दिलिसा भण्डारीको रहस्यमय मृत्युको छानविनको माग गरेका छन । विद्यालयको कक्षा एघारमा अध्ययनरत व्यवस्थापन तर्फ की विद्यार्थी भण्डारीको जेठ एक गते रहस्यमय ढंगले मृत्यु भएको भन्दै विद्यार्थीले आज दबाबमुलक शान्ति जुलुस प्रदर्शन गरेका हुन । बिद्यार्थीसँगै बिद्यालय ब्यवस्थापन समि िर  शिक्षकहरुले समय भण्डारीलाई न्यायको माग गर्दै प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन । ब्यानर प्लेकार्ड सहित निस्केको मौन जुलुसले बाग्लुङ बजार परिक्रमा गरेको थियो । बिद्यालय र ब्यवस्थापन समितिले विज्ञप्ति प्रकाशित गरेर घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन । काठेखोला एक खहरे घर भएकी दिलिसा भण्डारीको शवको फरेन्सिक मेडिसिन विज्ञ झिकाएर शनिबार पोष्टमार्टम गरिएको छ । १८ वर्षीय दिलिसाको संस्कापद मृत्यु भएको देखिएकोले पोखराको मणिपाल शिक्षण अस्पतालबाट आएका दुई जना फरेन्सिक विशेषज्ञ टोली झिकाएर धौलागिरि अस्पतालमा पोष्टमार्टम गरिएको हो । घटनाबारे प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।। 
 

प्रतिक्रिया