लागुऔषध खैरो हिरोइन ४८ ग्रामसहित एक जना पक्राउ

लागुऔषध खैरो हिरोइन ४८ ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आज नेपाल प्रहरीले पत्रकार सम्मेलन गर्दै बाँके कोहलपुर नगरपालिका १२ को ३२ वर्षीय सचिन रानालाई सार्वजनिक गरेको हो ।  चन्द्रागिरी नगरपालिका २ नागढुंगास्थित चेक प्वाइन्टमा महेन्द्रनगरदेखि काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ४०५६ नम्बरको यात्रुवाहक बसमा उनी लागूऔषध सहित पक्राउ परेका हुन । 
रानाले लगाएको सेतो रङको पाइन्टको बायाँ खल्तीभित्र सेतो रङको प्लास्टिकमा लागुऔषध खैरो हिरोइन बरामद भएको हो । त्यस्तै प्रहरीले जेठ ४ गते काठमाडौं महानगरपालिका २२ स्थित मुकुन्द श्रेष्ठको घर गोदाममा डेल कम्पनीको लोगो साधा मनिटरमा लेबलिङ गरी बेचबिखन भइरहेको विशेष सूचनाका आधारमा दुई जनालाई नियन्त्रणमा लिएको छ । बर्मा घर भइ कामनपा २२ बस्ने वर्ष २२ को तुषार अग्रवाल र उमेश मुडभरी पक्राउ परेका हुन । अग्रवालबाट कम्पनीको लोगोसहित मनिटर १० कार्टुनको पाँचका दरले ५० थान, लोगो बिनाको ३७ कार्टुनको ५ का दरले १८५ गरी २३५ थान बरामद भएका छन । मुडभरीलाई नक्कली कम्पनीको लेबलिङ गरी न्युरोडमा पसलमा बेचबिखनको लागि लैजाँदै गर्दा ६ थान मनिटरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।। 
 

प्रतिक्रिया