ट्राफिक प्रहरीको हत्यामा संलग्न ७ जना आरोपी सार्वजनिक

खोटाङ घर भइ काठमाडौं बस्दै आएका ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ  । हत्या अभियोथमा भक्तपुरको चाँगुनारायणका सचिन परियार, नुवाकोट दुप्चेश्वर की अञ्जली श्रेष्ठ, ओखरेका बुद्ध लामा तामाङ,  स्याङ्जाको आँधीखोला वसुन्धरा कार्की, नुनमाया कार्की, सिन्धुपाल्चोक, इन्द्रावतीका दोर्जे अमृत तामाङ, एक जना १३ वर्षको नाबालक पक्राउ परेका हुन । घिमिरेको हत्या हुनुमा लुटपाट, महिलासँगको विवाद लगायतका कारण हुनसक्ने आशंकाका अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 
विगतमा चोरी, लुटपाट, कुटपिट लगायतका अपराधमा संलग्न व्यक्तिहरुलाई शंकाको घेरामा ल्याइ अनुसन्धान गर्ने क्रममा आरोपी पक्राउ परेका हुन । तारकेश्वर ११ स्थित खाजा घरमा घिमिरे र सचि परियारबीच सामान्य विवादवाट सुरु भएको घटना हत्यासम्म पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घिमिरेको बेल्ट विभिन्न हतियारको प्रयोग गरी हत्या गरिएको प्रहरीको भनाइ छ । खोटाङको मझुवागढी नगरपालिका १ घर भइ हाल काठमाडौं टोखा नगरपालिका १० गोंगबुको गणेस्थान बस्दै आएका वर्ष ३२ का प्रहरीमा कार्यरत थिए । उनको  शव शुक्रवार काठमाडौंको तारकेश्वर–९ मनमैजुमा हत्या गरिएको अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया