गौशाला क्षेत्रका अतिक्रमित घरटहरामा महानगरले चलायो डोजर
गौशाला क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा काठमाडौं महानगरपालिका भत्काएको छ।सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो ।महानगरले यसअघि नै सूचना जारी गरेर अतिक्रमण गरी बनाइएका घरटहरा भत्काउने जानकारी दिएको थियो। गौशाला चोकमा सडक अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन ३५ दिन अगाडि सूचित गरेर १५ दिनदेखि माइकिङ गरे पनि घर धनीले आफैं नभत्काएपछि महानगरले डोजर चलाएको हो ।
प्रतिक्रिया