सहकारी ठगीमा संसदीय छानबिन समितिको क्षेत्राधिकार आज टुंगिने

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको क्षेत्राधिकार आज टुंगिने भएको छ । समितिको क्षेत्राधिकारको मस्यौदा तयार पार्न कानुनमन्त्री पदम गिरीको संयोजकत्वको कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । कार्यदलमा  कांग्रेसका जीवन परियार, एमालेका महेश बर्तौला र रास्वपाका शिशिर सदस्य छन ।  हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकले यस्तो समितिका बनाउनका लागि सहमति गरेको गरेको हो । सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरु सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन सहमत भएसँगै कार्यदल निर्माण भएको हो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तापक्ष, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका बीचमा शनिबार सहकारीको बचत अपचलनबारे छानबिन गर्न संसदीय समिति बनाउने सैद्धान्तिक सहमति भएको थियो । सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेतको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेको थियो । उसले संघीय संसद्को कामकारबाही पनि अघि बढाउन दिएको थिएन । 

प्रतिक्रिया